
-प्रतिक पौडेल
भैरहवा, ३१ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले आफू पढेको विद्यालयमा पुगेर गुरुपुर्णिमा मनाएका छन् ।
नगरपालिकाको वडा नम्बर ८ मा रहेको साविकको राज्यलक्ष्मी माध्यमिक विद्यालय हालको रुपन्देही लिलाराम न्यौपानेमा वीमा पुगेर आफूलाई पढाएका शिक्षकहरुसँग अधिकारीले गुरुपुर्णिमा मनाएका हुन् ।
अधिकारलाई पढाएका शिक्षक विद्यालयका पूर्वप्रधानाध्यापक भीमप्रसाद लामिछाने, जमुना देवान र बीएन शर्माको उपस्थितिमा बृक्षारोपणसहित केक काटेर गुरुपुर्णिमा मनाइएको हो ।
प्रमुख अधिकारीले आफू पढेको विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा आफूलाई पढाएको शिक्षकहरुसँग गुरुपुर्णीमा मनाउन पाउँदा खुसी लागेको बताए ।
अहिलेका विद्यार्थीहरुमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति सम्मान कम हुने देखिएकोले केही राम्रा उदाहरणको लागि आफूले गुरुपुर्णिमा आफूलाई पढाएको शिक्षकहरुसँग मनाएको बताए ।












प्रतिक्रिया