१७ कार्तिक २०८३, मंगलबार

बाढीग्रस्त क्षेत्रमा सर्पदंशको त्रास

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, ३० असार । जिल्लाको बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ । आज सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पताल भर्ना भएका छन् ।

सर्पले डसेर तिलाठी कोइलाडी गाउँपालिका–१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अहब सन्तोष मेहताका अनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् । अन्य अस्पताल तथा निजी क्लिनिकमासमेत सर्पदंशका बिरामी उपचार गराउँदै आएका छन् । “सर्पदंशको घटना ह्वात्तै बढेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले भन्नुभयो । –रासस