सिरहा, ३० असार । सिरहाको मिर्चैया नगरपालिका १ मा बाढीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।
मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
खोलामा पानीको बहाब उच्च रहेको थियो। पानीमा डुबेकी रागनीको हेर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले बालिकाको शव करीब २ घन्टापछि निकालिएको छ । शव परिवाजनलाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले जानकारी दिएकाे छ ।













प्रतिक्रिया