काठमाडाैं, ३० असार । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार आईएनजीओहरू निकै शक्तिशाली छन् र सरकारलाई नै हल्लाइदिने गर्छन् । उनीहरू निकै सोर्सफोर्सधारीसमेत छन् । राजधानी दैनिकले समाचार छापेकाे छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका उपसचिव वेदनिधि खनालले आईएनजीओहरूले प्रायः सबैजसो मन्त्रालयमा सिधै पहँुच राख्ने र आफ्नो स्वार्थ सिद्ध गर्न मन्त्रीहरूलाई समेत नजिक बनाउने गरेको बताए ।
‘विपद् व्यवस्थापनका कार्य गर्न गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने हो तर कतिपय आईएनजीओहरूले गृहलाई वाइपास गरी अन्य मन्त्रालयका मन्त्रीलाई बोलाएर विभिन्न कार्यक्रम गर्ने गरेका छन्, जुन गलत हो,’ उपसचिव खनालले भने ।















प्रतिक्रिया