१७ कार्तिक २०८३, मंगलबार

मुख्यमन्त्री राई स्वदेश फिर्ता

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २९ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म भएको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले मुलुकमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले आवश्यक राहत प्रदान गर्ने बताउनुभयो । अमेरिकामा रहँदा सफल राष्ट्र निर्माणका लागि विशेष सीप र पूँजीका लागि उपयुक्त वातावरण बनाउन तथा अमेरिकी लगानीका लागि आह्वान गरिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेशमा चाँडै प्रविधि र विज्ञ सम्मेलन आयोजना गरिने बताउनुभयो । उहाँले अमेरिकामा रहँदा नेपाली राजदूतावास, विभिन्न स्थानमा छरिएर रहेको नेपाली समुदाय र पूर्वअमेरिकी राजदूतसँग छलफल गरी यस क्षेत्रको विकासमा आवश्यक प्राविधिक र पूँजी लगानी सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । –रासस