
बर्दिया, २९ असार । बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे १ ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे ४ प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उहाँको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । अहिले उत्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । –रासस












प्रतिक्रिया