
भैरहवा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०६ औं जयन्तीको अवसरमा भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ साहित्य परिषदको आयोजनामा भैरहवामा आईतबार विहान भानु विशेष कार्यक्रम सम्पन्न भएको हो ।
परिषदको आयोजनामा भएको प्रभातफेरीमा नेपाल प्रहरीको ब्यान्डबाजा सहित बजार परिक्रमा गरिएको थियो । देवकोटाचौंकबाट शुरु भएको प्रभातफेरी विभिन्न संघसंस्थाको ब्यानर सहित भानुभक्तीय रामयण पाठ गर्दै नयाँ सडक, ब्रमेलीटोल, बुद्धचौंक, प्रभातपथ हुँदै भानु माविमा रहेको आदीकवि भानुभक्तको प्रतिमामा माल्यापर्ण गरेर समापन भएको थियो ।
प्रभात फेरीमा सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारी, प्राज्ञ सभा सदस्य प्रा.डा कपिलदेव लामिछाने, वरिष्ठ साहित्यकारहरु बालकृष्ण भट्टराई, मणिराम भट्टराई, भरत कुमार पोखरेल, डा. दामोदर ढकाल, विजय सागर, बनमालि निराकार, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, सिर्जनसिल साहित्यिक समाजका अध्यक्ष शसी पन्थि सहभागी थिए ।
यस्तै, सीता ढुंगाना, पवित्रा कोइराला, रामबहादुर श्रेष्ठ, सिद्धार्थ उद्योग वणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, भानु विद्यालय, न्यू ईरा उच्च मावि, लायन्स क्लब, रोटरी, सामूहिक विद्यालय परिवार लगायत विभिन्न संघसंस्थाको सहभागीता रहेको परिषदका सचिव लक्ष्मी प्रसाद अधिकारीले बताए ।
हरेक वर्ष भानु जयन्ती विशेष रुपले मनाउँदै आएको यस क्षेत्रकै जेठो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदले असार २९ गतेलाई विशेष दिनका रुपमा मनाउने गर्दछ ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराइले भने “राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको लागि मात्रै होइन मुलुककै विकासको लागि पुर्याएको योगदान स्मरणीय छ । उहाँको सृजना जिवन्त छन् । सिद्धार्थ साहित्य परिषदले हरेक वर्ष जस्तै यस वर्ष पनि भानु जयन्तीलाई विशेष रुपले मनाउने कार्यक्रम अनुसार प्रभातफेरी गरिएको हो ।’
परिषदको आयोजना आज दिउँसो नै भैरहवामा भानु विषयक प्रवचन, स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम भैरहवामा आयोजना गरिएको छ ।












प्रतिक्रिया