
काठमाडाैँ, २९ असार । दुई दिनदेखिको वर्षासँगै आएको बाढी-पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । ललितपुर र भोजपुरमा पाँच-पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
देशभर ३५ जना वेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया