१७ कार्तिक २०८३, मंगलबार

अछाममा २ लाख ३० हजारसहित ९ जना जुवाडे पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेकराज भण्डारी

अछाम, २९ असार । अछाममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जना व्यक्तिलाइ  २ लाखभन्दा धेरै रकम सहित पक्राउ गरेको छ ।

शुक्रबार राति अछाम सदरमुकाम मंगलसैनको ज्ञानु प्लाजा होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सहित ९ जना व्यक्ति र २ लाख ३० हजार ६ सय दश रुपियाँ प्रहरीले बरामद गरेको हो ।

दाउँमा लगाईएको ३६ हजार नगद र जुवा खेलिरहेका व्यक्तिको साथमा रहेको १ लाख ९४ हजार ६ सय १० रुपियाँ बरामद गरेको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।

होटलको माथिल्लो तलामा रहेको हलमा जुवा खेलिरहेको अवस्थामा २० हजार नगद सहित मंगलसैन ५ का होटल संचालक ३५ वर्षीय झंकर भाट, ४० हजारसहित मंगलसैन ४ का २४ वर्षीय ज्ञानेन्द्र स्वार, ५ हजारसहति मंगलसैन ५ का ४० वर्षीय पिताम्बर बिश्वकर्मा, ५ हजार ४ सयसहित सोही ठाउँका २६ वर्षका खेमराज खत्री तथा ९१ हजार नगदसहित मंगलसैन ८ का २६ वर्षका डम्बर बिष्टलाई पक्राउ गरिएको छ ।

३१ हजारसहित अजयमेरु २ डडेलधुराका ४५ वर्षका रामबहादुर ऐर, १ हजारसहित मंगलसैन ५ का २२ वर्षका धर्मेन्द्र बोगटी, बडा नम्बर ३ का ३३ वर्षका लालबहादुर भण्डारी र १२ सय १० सहित ढकारी १ का ३२ वर्षका कमल बुढालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।