१७ कार्तिक २०८३, मंगलबार

त्रिशूलीमा ट्रक खस्याे, एक जना बेपत्ता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २९ असार । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

ट्रकका सहचालक बेपत्ता भएका छन् । चालक घाइते भएका छन् । भैरहबाबाट दाना बोकेर काठमाडाैं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक शनिबार बिहान साढे एक बजे त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगर घाइते भएका छन् । पुरानो मेडिकल कलेज भरतपुरमा उनको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार माथिबाट खसेको ढुंगा छल्न खोल्दा अनियन्त्रित भएर ट्रक त्रिशूलीमा खसेको थियाे ।