सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

चर्चित दुई वटा वाइड बढी विमानकाे किस्ता तिर्न पैसा भएन, तनावमा कर्मचारीहरू

दैनिक नेपाल २०७६ असार २८ गते ७:१७

काठमाडौं, २९ असार । लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नै लक्ष्यसहित अघिल्लो वर्ष निकै तामझामसहित भित्र्याइएका दुई वटा वाइड वडी खरीदको तेस्रो किस्ता तिर्नुपर्ने समय एक साता पनि बाँकी छैन ।

गत चैतमा पनि खरिदका लागि लिइएको ऋणवापतको किस्ता तिर्नुपर्ने दायित्वबाट निगम पछि हट्यो । यतिमात्र होइन, त्यसअघि खरिद गरिएका दुईवटा न्यारो बडीका १० वर्षे किस्ता तिर्नुपर्ने नियमित अर्को दायित्व पनि निगममाथि छ तर गत पुसदेखि नै निगम सम्भौताअनुसार किस्ता बुझाउनुपर्ने दायित्वबाट चुकेको छ।

सरकार आफैँ जमानीमा बसेपछि करिब २४ अर्ब रुपैयाँमा निगमलाई निगमलाई वाइड बडी खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष तयार भएका थिए ।

चारवटै जहाजको मासिक किस्ता मात्रै एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेल भन्छन्, ‘सञ्चालन खर्च तिर्न नै गाह्रो भएको छ ।’

शुक्रबार बिहान संसदको अर्थ समितिको बैठकमा खरेलले आफैँले चालू आर्थिक वर्षमा निगम करिब चार अर्ब ७५ करोड रुपैयाँमा घाटामा जाने अनुमान प्रस्तुत गर्नुभयो । त्यसमध्ये अन्तर्राष्ट्रिय उडानतर्फको घाटा चार अर्ब १५ करोड र बाँकी करिब ५० करोड आन्तरिक उडानतर्फको हुने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित