सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

गौतमबुद्ध विमानस्थलमा यात्रुहरु अलपत्र

दैनिक नेपाल २०७६ असार २७ गते १८:३४

– प्रतिक पौडेल
भैरहवा, २७ असार । यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण गौतमबुद्ध विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् । घनगढी र सुर्खेत देखि काठमाडौँका लागि उडेको विमान भैरहवा आकस्मिक रुपमा अवतरण भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका हुन् ।

भैरहवा बाट काठमाडाैँ जानुपर्ने यती, बुद्ध र सौर्य सहित अहिले विमानस्थलमा ५ वटा विमान रहेको जानकारी गौतमबुद्ध विमानस्थलका निर्देशक टेकराज पोखरेलले दिए ।

घनगढी देखि काठमाडौँको लागि उडेको बुद्ध एयरको एटिआर ४२ र सुर्खेत देखी काठमाडौँका लागी उडेको बुद्ध एयरको एटिआर ७२ का १ सय ४ जना यात्रुहरु गौतमबुद्ध विमानस्थलमा अलपत्र परेका छन् । धनगढी बाट उडेको विमानमा आएका यात्रु गणेश गिरीले बिहान ११ बजे भैहरवा अवतरण भएपछी उड्ने कुनै ठेगान नहुदा ५ बजे सम्म कुरेर बसेको र अहिले आएर नउड्ने खबर आएपछि होटल जान लागेको बताए ।

शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो ।

त्यसलगत्तै रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि ५ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित