बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

वर्षाका कारण ललितपुरमा प्रहरी प्रभाग अगाडि रूख ढल्याे

दैनिक नेपाल २०७६ असार २७ गते ८:२१

काठमाडाैं, २७ असार । काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा परेकाे वर्षाका कारणा जनजीवन प्रभावित भइरहेका बेला ललितपुर जिल्लामा रूख ढलेर सडक अबराेध भएकाे छ ।

बिहीबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण ललितपुरस्थित पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढलेको हाे ।

रूख ढलेपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । पुल्चोकबाट मंगबजार जाने बाटोतर्फ रूख ढलेको छ ।

प्रभाग परिसरभित्रै रहेको सो रूख सडकतर्फ ढल्दा प्रभाग कम्पाउण्डको पर्खाल भत्किएको छ।

हाल सो रूखलाई त्यहाँबाट हटाइसकिएको जानकारी पुल्चोक प्रहरीले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित