बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

बागमती नदीमा पानीकाे बहाव बढ्याे, सर्लाही र राैतहतमा सर्तक रहन अपील

दैनिक नेपाल २०७६ असार २७ गते ७:२४

काठमाडाैं, २७ असार । बिहीबारदेखि परेकाे लगातारकाे वर्षाले देशका धेरै नदीहरूमा बाढी आएको छ ।

बागमती नदीमा पनि ठूलो बाढी आएकाे छ । बागमती नदीमा बाढी आएपछि रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सुरक्षा निकायले अनुरोध गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

बागमतीमा शुक्रबार पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरिएकाे छ ।

शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित