१७ कार्तिक २०८३, मंगलबार

घूस लिएको अभियोगमा मुद्दा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ । आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । –रासस