बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेपाल प्रहरीका ‘नक्कली’ डिएसपी प्रहरीकै फन्दामा

दैनिक नेपाल २०७६ असार २६ गते १८:०४

काठमाडौं, २६ असार । नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ धुनिबेसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको हो ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सीआईबीमा कार्यरत डिएसपी हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक ठगी गरेका थि‍ए ।

उनले पीडित भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिइसकेको र अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रेडियो सेट १ थान,  त्यसको चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित