बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

इटहरी–१२ डुब्यो, सडक ग्राभेलको पैसाले वडा सदस्य जाँड खाएर लडे !

दैनिक नेपाल २०७६ असार २६ गते १५:५८

इटहरी, २६ असार । निरन्तर भएको बर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका–१२ डुबेको छ । सडक हिँड्नै नसक्ने गरी हिलाम्य भएको छ । यसो नहुनुपर्ने थियो तर बजेट ल्याउने र सडक ग्राभेल गर्ने मिसगिटीको संयोजक नै जाँड खाएर लडेपछि सडक किन बन्थ्यो ?

यस वडाका वाडाध्यक्ष हुन् हेमानन्द दाहाल । सडक विकासका लागि ल्याएको रकम कुन शीर्षकमा खर्च भयो उनलाई पनि खासै जानकारी छैन । तर, सडकमा गिटी भर्ने जिम्मा लिएका थिए वडा सदस्य रम्बु शर्माले ।

‘यस वडामा रहेको सरकारी विद्यालय जाने बाटोमा एक टुक्रा गिटी नहालेका शर्माले आफ्नो घरमा रहेको सनसाइन बोर्डिङ स्कुल निस्कने बाटो सडकभन्दा माथि उठाए । जुन डुबानमा परेको छैन’, स्थानीय भन्छन्,‘यसको हिसाबकिताब खोज्न जाँदा खनारको भट्टीमा शर्मा दिउँसै ढलेका थिए ।’

सडकमा गिटी भर्ने कुरामा वडा अध्यक्ष, वडा सदस्यको चरम लापरवाही भएको भन्दै सर्वसाधारण आक्रोशित छन् ।

प्रतिक्रिया
सम्बन्धित