१७ कार्तिक २०८३, मंगलबार

पहाड–तराई सम्बन्धका प्रकाश

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २५ असार । कलिलैमा राजनीतिक चेत पलाएपछि प्रकाश आङबुहाङ (लिम्बू)को बाटो समाजतिर मोडियो । तत्कालिन माओवादी केन्द्रको झापा जिल्लामा रहेर काम गरेका प्रकाश दमक निवासी हुन् ।

०६४ सालमा जिल्ला सदस्य बनेका उनले राजनीतिक चेतलाई यतिसम्म तिखो बनाए कि, समाजमा नयाँ केही गरौं भन्ने जाँगरमा कहिल्यै ह्रास आएन । अनि, झापा र मोरङको उर्लाबारीसम्म छरिएर बसेका थातथलोबासीको लगत संकलन हुनुपर्छ भन्ने लाग्यो । र, स्थापना गरे ‘चाङे ताप्लेजुङ दमक उर्लाबारी सम्पर्क मञ्च’ ।

‘पहाड र तराईमा रहेकाको सम्बन्धमात्र होइन, सामाजिक सहयोग र दुखपीडा भुलाउने चौतारी पनि होस् भनेर यो प्रयत्न गरियो’, प्रकाश भन्छन्,‘कतिपयका नीजि समस्यादेखि विकासका विषयमा पनि हातेमालो गर्ने प्रयत्न होस् भन्ने लाग्यो ।’

आजभोली पनि उनी सोही क्षेत्रमा खटिएका छन् । राजनीतिक सम्बन्धले विचारको प्रतिनिधित्व गरे पनि मञ्चले हर विचारको सहभागीता हुने उनलाई लाग्यो ।

‘कम्युनिस्ट राजनीतिले विचार र चेतना त बन्यो तर यसले सबै विचारका मानिसलाई समेट्न सक्छ भन्ने भएन । तर सामाजिक कामका लागि हर विचारको सहभागीता अनिवार्य हुनुपर्छ भनेर मञ्च स्थापना गरियो’, उनी भन्छन् ।

अहिले पनि सामाजिक काममा सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । त्यसैले खटिइरहेका पनि छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा रहेका उनी चुनावताका राजनीतिमा सक्रिय भए, अहिले समाजसेवामा तल्लिन छन् । त्यसैले मञ्चका कतिपय बुज्रुकले उनलाई ‘पहाड–तराई सम्बन्धका प्रकाश’ पनि भन्छन् ।