बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

भोजपुरमा प्रहरी–विप्लव समूहबीच दोहोरो भिडन्त, दुवै तर्फ एक–एक जनाको मृत्यु

दैनिक नेपाल २०७६ असार २५ गते १०:०७

काठमाडौं, २५ असार । भोजपुर सदरमुकाम हटिया लाइनमा प्रहरी र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त भएको छ ।

दुवै तर्फ गोली हानाहान हुँदा प्रहरी जवान सन्जिव राई र विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको हो । विप्लव कार्यकर्ता सदरमुकाम आएको थाहा पाएपछि नियन्त्रणका लागि प्रहरी टोली खटिएको थियो ।

सुरक्षा अधिकारीका अनुसार प्रहरीले पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली चलाएपछि दोहोरो भिडन्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित