१७ कार्तिक २०८३, मंगलबार

प्यूठानमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सलिम अन्सारी

प्यूठान, २५ असार । विपद् व्यवस्थापनका लागि प्यूठानमा पहिलो पटक आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्दार, राहत लगायतका काम गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रमा चौबीसै घण्टा सेवा सञ्चालनका लागि प्रदेश सरकारद्वारा उपलव्ध १ जना सूचना कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २–२ जना कर्मचारीहरू खटिएका छन् ।

विशेष गरी प्राकृति प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनःस्थापना, स्थान्तरणलगायतका कार्यलाई परिणाममुखी बनाउन जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

७७ जिल्लामध्ये प्यूठान आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने ५३ जिल्ला हो ।

केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने अपेक्षा गरिएको छ ।

केन्द्रले जिल्लाभरबाट एकीकृत रुपमा सूचना सङ्कलन गरी जिल्लामा आपतकालीन अवस्थामा निर्वाह गर्नुपर्ने खोज, उद्धार राहत, पुनर्स्थापना सहितको कार्ययोजना निर्माण लगायत त्यस सम्बन्धि आवश्यक कार्यहरू गर्नेछ ।

उक्त केन्द्रमा विभिन्न ३० प्रकारका उद्दारका सामग्रीहरू राखिएको छ भने पूर्वसूचना उपलब्ध गराउने, तत्काल उद्दारका लागि टोली परिचालनमा समन्वय गर्ने, रिपोर्टिङ गर्ने, रेकर्ड राख्ने लगायतका कार्यहरू सञ्चालन हुने बताइएको छ ।

प्यूठान प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो । प्यूठानमा चालु आर्थिक वर्षमा वाढी पहिरो, आगलागी, चट्याङ लगायतका घटनाहरूबाट ६ करोडभन्दा बढीको क्षति भएको छ भने ९ जनाको ज्यान समेत गईसकेको तथ्याङक छ ।