१७ कार्तिक २०८३, मंगलबार

नगरपालिकाका सव-ईञ्जिनियरमाथि कार्यकक्षमै हातपात

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जाजरकोट, २४ असार । जाजरकोटको छेडागाड नगरपालिकाका सव-ईञ्जिनियरमाथि कार्यकक्षमै हातपात भएको छ ।

कार्यालयको काम गरिरहेका बेला मंगलबार (आज) दिउँसो साढे १ बजे छेडागाड नगरपालिका–१० का नबिन खड्काले सव-ईञ्जिनियर भुपेन्द्र खत्रीमाथि हातपात गरेका हुन् ।

खड्काले खत्रीमाथि हातपात गर्नुका साथै काम गरिरहेको ल्यापटप पनि तोडफोड गरिदिएका छन् ।

सव-ईञ्जिनियरमाथि कुटपिट भएपछि अन्य कर्मचारीहरु सशंकित भएका छन् । उनीहरुले आजै एक विज्ञप्ति निकाल्दै घटनामा संलग्न खड्कालाई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

साथै, यस्ता कार्यले कर्मचारीहरुको मनोबल घट्नुका साथै कार्यालयको कार्यसम्पादन र सेवा प्रवाहमा पनि असर पुग्ने उनीहरुको भनाई छ ।