बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

विषादी परीक्षण प्रकरण : मन्त्री यादवलाई स्पष्टिकरण दिन भ्याई-नभ्याई

दैनिक नेपाल २०७६ असार २३ गते १६:३२

काठमाडौँ, २३ असार । सरकारले भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गएको असार २ गते गर्यो ।

त्यसपछि नेपाल–भारत सीमा नाकामा तरकारी र फलफूलको परीक्षण गर्न थालियो । सरकारको यो निर्णयको देशभित्र खुबै तारिफ पनि भयो । धेरैले सरकारले गतिको काम गरेको भन्दै प्रशंसा गरे ।

तर, यसको ठीक विपरित छिमेकी देश भारत रिसायो । नेपालस्थित भारतीय राजदूतले यहाँका अधिकारीहरुलाई भेटेर, लिखित पत्र लेखेर निर्णयबाट पछि हटन् दबाब दिइरहे । सरकार एक महिना नपुग्दै भारतीय दबाबसामू टिक्कन सकेन र हालै यो निर्णयबाट पछि हट्यो ।

सायद, सरकारको यो निर्णयबाट भारत खुशी भएको होला नै तर, नेपालमा भने ‘हंगामा’ भएको छ । सरकारको चर्काे आलोचना भएको छ । सरकार भारतसामु झुेकेको भनेर आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आवश्यक पूर्वाधारण नभएको कारण छ महिनाका लागि स्थगित गरिएको र त्यसपछि परीक्षण गरिने प्रष्टिकरण दिएका छन् । कृषिमन्त्री खनालले अहिलेकै अवस्थामा ६ महिना मात्र नभई एकै वर्ष लाग्न सक्ने बताएका छन् ।

यता, निर्णय स्थगित गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लिएका उद्योग, वाणिजय तथा आपुर्तिमन्त्री मातृका यादवलाई भने स्पष्टिकरण दिन भ्याई नभभ्याई भएको छ । राष्ट्रिसभाको आजको बैठकमा सांसदहरुले यसै विषयमा उठाएका प्रश्नको जवाफ दिएका मन्त्री यादव आज नै पत्रकार सम्मेलन गरेर थप प्रष्टिकरण दिएका छन् । उनले भारतसँग झुकेर तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोकिएको स्पष्टिकरण दिएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले सरकारको नीति भारतसँग लड्ने र झुक्ने दुबै नभएको बताए । मन्त्री यादवले तत्कालका लागि नेपालसँग विषादी परीक्षण गनै क्षमता नै नभएको बताए ।

कृषि मनत्रालयले क्षमता नै नहेरी निर्णय गरेका कारण सरकारले फिर्ता लिनुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले सीमा नाकामा विषादी परीक्षण गर्ने मेसिन नै नभएको भन्दै यस्तो अवस्थामा निर्णय कार्यान्वयन गरिराख्नु भनेको आफैँमाथि नाकाबन्दी गरिरहनु सरह भएको दावी गरे ।

‘हामी कसैको दबाबमा परेका छैनौँ र पर्ने पनि छैनौं’, मन्त्री यादवले भने, ‘व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गएजस्तो भयो ।’ उनले बजारभाउ बढ्न थालेपछि र बजारमा तरकारीको अभाव हुन थालेपछि फिर्ता लिने निर्णय गरिएको बताए । मन्त्री यादवले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफू फसेको बताएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिने फलफूल र तरकारीमा विषादी परीक्षण गरेर मात्रै नेपाल भित्रिन दिने निर्णयबाट सरकार पछि हटेको चार दिनपछि आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले आफूलाई सचिवले गुमराहमा राखेको बताउँदै तर, यसको जिम्मेवारी आफूले लिने बताए ।

प्रतिक्रिया
सम्बन्धित