१७ कार्तिक २०८३, मंगलबार

काठमाडाैँ महानगरपालिकाकी उपमेयर खड्गी डिस्चार्ज

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । काठमाडाैँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

गएको बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएकी उपमेयर खड्गीलाई सोमबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो ।

बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा आगामी आर्थिक वर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि साँझ ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

छातीमा सामान्य समस्या देखिएपछि उनलाई सीसीयूमा राखेर उपचार गरिएको थियो । उपमेयर खड्गीलाई भेट्न सोमबार बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नर्भिक पुगेका थिए ।