अछाम, २३ असार । करेन्ट लागेर अछाम जिल्लामा एक जनाको मृत्यु भको छ ।
कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउमा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर मृत्यु भएको हो ।
रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका विकाश एक्कासि ढलेको जनाइएकाे छ ।
बिजेलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकाशलाई करेन्ट लागेको अनुमान गरिएको छ ।
करेन्ट लागेपछि आगोसमेत सल्केको र विकाशको दुबै खुट्टा जलेको स्थानीयले बताएका छन् । करेन्ट लागेर एउटा गोरु पनि मरेको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।












प्रतिक्रिया