१७ कार्तिक २०८३, मंगलबार

चुन्टुले जिते नेपाल बि-ब्वाय सिटी-२०१९

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ असार । गोविन्द एजुकेसन नेपाल बि-ब्वाय सिटी-२०१९ मा भक्तपुर ‘डार्कनेस क्रु’का सदस्य बि-ब्वाय चुन्टुले जितेका छन् ।

प्रतियोगिता नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको हो । बि-बोइङको विश्व च्याम्पियनसिप डिसेम्बर ७ देखि ८ सम्म ताइवानमा हुनेछ ।

जसमा नेपालबाट बि-ब्वाय चुन्टुले सह भागिता जनाउने छन् । कार्यक्रममा विभिन्न पाँच विधामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा कुल १३४ प्रतिस्पर्धी सहभागि थिए । गायिका समृद्धि राई, र्‍यापर निर्णय डिएन एसके, प्रोफेसर ट्रिक्सलगायत उपस्थित कार्यक्रममा वान-अन-वान अल स्टायलमा मुकेश ढकालले उपाधी जिते । उनले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

‘वान-अन-वान अल स्टायल किड्स’मा बि-ब्वाय आर्यन विजय बने । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । ‘वान-अन-वान अन्डिस्प्युटेड बि-गर्ल’ को उपाधी भने बि-गर्ल फेथ (द ब्याटल फ्युजन क्रु की सदस्य)ले प्राप्त गरिन्।  उनले गदर १० हजार र प्रमाणपत्र प्राप्त गरिन् ।

‘फो-अन-फो ब्रेकिङ’ को उपाधी भनेलेट्स ब्रेक क्रुले प्राप्त गर्‍यो । जसले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगीतमा उत्कृष्ट प्रदर्शन गर्दै योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड प्राप्त गरिन् ।

सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स् इन्टरनेश्नल अष्ट्रेलियाको नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै गोविन्द एजुकेसनका कार्यकारी निर्देशक कँडेलले युवाको क्षमतालाई विभिन्न तरिकाले बाहिर निकाल्न जरुरी रहेको धारणा व्यक्त गरे । देशको सामाजिक सांस्कृतिक क्षेत्रको विकासका लागि युवाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले युवासँग आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।