बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सरकारप्रति लक्षित गर्दै मेटमणिले भने, ‘केटाकेटी आए …मटेङग्राको सत्यनाश’

दैनिक नेपाल २०७६ असार २२ गते १०:२५

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य एवम् सांसद मेटमणि चौधरीले आफ्नै दल नेतृत्वको सरकारप्रति चरम असन्तुष्टि जनाएका छन् ।

शनिबारको संसदीय दलको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सिपाहीले जस्तै सरकारको निर्णयको रक्षा नर्गुभनेर निर्देशन दिएको २४ घण्टा वित्न नपाउँदै नेकपाका नेता नेता चौधरीले आइतबार बिहान फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका हुन् । उनले सरकारको अहिलेकै जस्तो रबैया रह्यो भने पार्टीलाई नोक्सानी हुने बताएका छन् ।

‘कम्युनिस्ट पार्टीको सरकार बनेपछि चार महत्वपूर्ण निर्णयहरू सरकारले ग¥यो । यातायातमा भएको सिन्डिकेट खारेज गर्ने । समयमा काम सम्पन्न गर्न नसकने ठेकेदारहरूलाई कारबाही गर्ने । गुठी बिधेयक पास गरि गुठि जमिनलाई किसानहरूलाई हस्तान्तरण गर्ने । भारतबाट आयात हुने बिषादी तरकारी र फलफूलमा रोक लगाउने’, उनले भनेका छन्, ‘उपरोक्त सबै निर्णयहरू राष्ट्र र जनताको पक्षमा थियो । यो निर्णयले राष्ट्रले कम्युनिष्ट पार्टीको सरकार बनेको महसुस गर्न थालेको थियो ।’

‘तर सबै निर्णयहरू कार्यन्वयनको प्रक्रियामा नजाँदै कुनै घोषित कुनै अघोषित रूपमा फिर्ता भयो’, नेकपाका नेता चौधरीले भनेका छन्, ‘लोकतन्त्रमा सरकारको निर्णय फिर्ता हुनु जनताको कुरा सुनेर फिर्ता भयो भनेर बिश्लेष्ण पनि होला । यहाँसम्म म पनि कन्भिन्स नै छु ।’

‘केही सिन्डिकेटधारीहरूको घेरामा परेर, ठेकेदारहरूको दबाबमा, जमिन्दार शोषकहरूको धम्कीले र भारतीय सरकारको अगाडि नतमस्तक भएर जनताको पक्षमा भएको निर्णयहरू सरकारले फिर्ता लिनु निकै लज्जास्पद र दुखद् कुरा हो’, उनले भनेका छन् ।

‘यसले कम्युनिष्टहरूको शिर झुकेको छ भने बिपक्षीहरूको लागि सरकार हाँसोको पात्र भएको छ’, नेता चौधरीले चिन्ता जनाउँदै भनाइ राखेका छन् ।

‘निर्णहरू फिर्ता लिने विषयमा अनेक तर्कहरू गर्न सकिएला तर जनता र राष्ट्रको नजरबाट हेर्दा कुनै पनि तर्क कामयाबी हुनै सक्दैन’, उनले भनेका छन्, ‘यसैले सरकारले कुनै पनि निर्णयहरू गर्नुभन्दा अगाड हजार पटक सोँची बिचारी मात्रै गर्नुपर्दछ ।’

नेता चौधरीले भनेका छन्, ‘शीर्ष नेतृत्वसँग छलफल गर्ने कुरालाई मध्यनजर गर्नुपर्दछ । निर्णय गरिसकेपछि उक्त निर्णयलाई कडाईका साथ लागू गर्ने सकेमा मात्रै सरकारको गरिमा र उचाइँ बढ्न सक्छ ।’

‘जनताहरू विश्वास आर्जन गर्न सकिन्छ । सरकार सञ्लान गर्ने कुरा मजकको विषय नभएकोले मन लाग्यो निर्णय गर्ने, दबाब प-यो फिर्ता गर्ने ! यस्तो पनि हुन्छ ?’, आक्रोशित हुँदै उनले भनेका छन् ।

उनले भनेका छन्, ‘यसैले आफ्नो गरिमा आफै कायम गर्ने हो । अरू कसैले पनि आएर गर्ने होइन ।’

‘सरकारसँग कम्युनिस्ट पार्टी जोडिएको छ । यसैले कसैले पनि सरकारलाई मजकको विषय नबनाऔँ । यदि यही शैली र यही प्रक्रिया निरन्तर अगाडि बढिरहने हो भने केटाकेटी आए गुलेली खेलाए मटेङग्रको सत्यनाश भन्ने नेपाली उखानसँग कम्युनिष्ट पार्टीको सरकारलाई दाँज्न बेर लाँउदैन्न !’, नेकपाका नेता चौधरीले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित