६ कार्तिक २०८३, शुक्रबार

सेनाले साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार किन्ने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ असार । सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ। रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो ।

रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए ।