
काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा काठमाडौं उपत्यकाका पार्टीका जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु तथा स्थानीय तहका अध्यक्षहरुको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकमा उपत्यकाका सम्पूर्ण स्थानीय तह, वडाहरुमा संगठन विस्तार सम्बन्धि समिक्षा गरिएको थियो ।
हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले २०७६ साललाई संगठन निर्माण बर्ष घोषणा गरे अनुरूप स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ । उक्त बैठकले संगठन निर्माण हुन बाँकी वडाहरूमा असार मसान्तसम्म समिति गठन गरि श्रावण महिनाभित्र उपत्यकाका सबै नगर भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य मा. राजेन्द्र लिङदेन, महामन्त्री भास्कर भद्रा, ३ नं. प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, सहमहामन्त्री कुन्ति कुमारी शाही, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया