१८ कार्तिक २०८३, बुधबार

चट्याङ लागेर दाङमा एक युवकको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १८ असार । चट्याङले लागेर दाङकाे तुलसीपुरमा एक युवकको मृत्यु भएको छ ।

मंगलबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घर बाहिर निस्केको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको मृत्यु भएको थियो ।