६ कार्तिक २०८३, शुक्रबार

तीन वर्षका लागि भनिएको सिसडोलमा १४ वर्षदेखि फोहोर फालिँदै

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ असार । तीन वर्षका लागि अल्पकालीन ल्यान्डफिल साइट भनिएको सिसडोलमा ०६२ देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

सिसडोललाई निजी, गुठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी अल्पकालीन ल्यान्डफिल साइट बनाइएको थियो । काठमाडौं महानगरपालिकाको एक प्रतिवेदनका अनुसार तीन वर्षको अवधि पूरा भएपछिको दुई वर्षसम्म आलेटारमा फोहोर व्यवस्थापन गरिएको थियो ।

त्यो समयावधिसम्म पनि बन्चरेडाँडामा ल्यान्डफिल साइट बन्न नसकेपछि चारपटकसम्म क्षमता विस्तार गरी १४ वर्षयता सिसडोलमै फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको २५ वर्ष बितिसक्दासमेत आवश्यक पूर्वधार निर्माण भएका छैन । अहिले सिसडोल भरिइसकेको छ ।

क्षमताभन्दा धेरै बढी फोहोर राखिएका कारण ल्यान्डफिल साइट धसिएको र चिरा परेको छ ।