६ कार्तिक २०८३, शुक्रबार

शान्ता चौधरीको पिएचडी सपना, सरकारी कलेज पढ्ने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । एसईईमा बी ग्रेड ल्याएर उत्तिर्ण भएकी नेकपा सचेतक शान्ता चौधरीले पिएचडीसम्म अध्ययन गर्ने सपना साँचेकी छन् ।

छोरीसँगै एसईई पास गरेकी उनले उच्च माध्यमिक अध्ययन अनुकुलताका हिसाबले काठमाडौं या दाङमा गर्ने योजना बनाएकी छन् । उनले सरकारी कलेजमा नै भर्ना हुने निश्चित गरेकी छन् ।

अपेक्षा अनुसार गणितमा नम्बर नआएको बताएकी उनले सामाजिक र नेपालीमा राम्रो नम्बर ल्याएकी छन् ।

एक महिना संसदमा विदा लिएर परिक्षाको तयारी र त्यसमा सहभागी भएकी उनले घरमा शिक्षक राखेर ट्युशन पढेकी थिइन् ।

सानोमा पढ्ने अवसर नपाएकी उनले परिवारको अवस्था र त्यहाँको परिवेशले त्यस्तो भएको खुलाएकी छन् ।