काठमाडौं, ६ असार । संसदमा आर्थिक वर्ष २०७६–७७ का लागि मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ आजदेखि सम्बन्धित मन्त्रीले दिँदैछन् ।
जेठ २८ गतेदेखि सुरु भएको मन्त्रालगत छलफल बिहीबार सकिएको थियो । सभामुख कृष्णबहादुर महराका अनुसार शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय युवा तथा खेलकूद मन्त्रालयसँग सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
मन्त्री जवाफ दिएपछि मन्त्रालगत विनियोजको छलफलमा भाग लिएका सांसदहरुले पुरक प्रश्नसमेत सोध्न पाउने छन् । शनिबार बाहेक असार १० गतेसम्ममा मन्त्रीहरुले जवाफ दिइ सक्ने गरी सचिवालयले संभावित कार्यसूची तयार पारेको छ ।
शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको छ ।












प्रतिक्रिया