६ कार्तिक २०८३, शुक्रबार

गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन, उर्लियो मानव सागर

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । गुठी विधेयकविरुद्धमा राजधानीको माइतिघर मण्डलामा बुधबार मानव सागर उर्लिएको छ ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियो । सबै जुलुस माइतिघर मण्डलामा एकत्रित भयो ।

सरकारले मंगलबारै गुठी विधेयक फिर्ता लिएको छ । तर, यसविरुद्धका अभियन्ताले सरकारको निर्णयमा भर नलागेको बताएका छन् ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए । गुठी विधेयकका नाममा तलमाथि भए ठिक नहुने भन्दै सर्वसाधारणले कडा चेतावनी दिएका छन् ।