काठमाडौं, ४ असार । जननेता मदन भण्डारीको ६७औं जन्मदिनको अवसरमा मदन भण्डारी फाउण्डेसन कास्की शाखाले असार १३ गते शुक्रबार पोखरा उद्योग बाणिज्य संघ पोखराको सभाहलमा “मदन भण्डारी साँझ” कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मदन भण्डारीको विचारलाई जनताको वीचमा लैजाने, दृष्टिकोण सहितका नागरिक उत्पादन गर्ने स्थानीय कला सस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उदेश्यले नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा कार्यक्रम गर्न लागिएको फाउन्डेसनका अध्यक्ष माधव बास्तोलाले जानकारी दिए ।
स्थापनाको छोटो समयमा नै विविध खाले गतिविधिहरू संचालन गरी कास्कीमा एक उत्कृष्ठ संस्थाको रुपमा स्थापित भएको मदन भण्डारी फाउण्डेसनले सो कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको प्रमुख आतिथ्यता रहनेछ ।
लोकदोहोरी कलाकारहरू प्रजापति पराजुली, पुरुषोतम न्यौपाने, बद्री पंगेनी, तारापति सुवेदी, जीवन दाहाल, शंकर विरही गुरुङ, सुरेन्द्र गुरुङ, कृष्ण भण्डारी, सरला पाण्डे, लक्ष्मी नेपाली, सविना गुरुङ र हाँस्य कलाकार राजाराजेन्द्रको मुख्य प्रस्तुति रहनेछ ।












प्रतिक्रिया