सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

दैनिक नेपाल २०७६ असार ३ गते २०:१७


भक्तपुर, ३ असार । सूर्य्विनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नंको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्य्विनायक नपा–८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित