बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाद्धारा मित्रराष्ट्र चीनकाे विभिन्न ठाउँकाे भ्रमण  

दैनिक नेपाल २०७६ असार ३ गते १४:३४


काठमाडौँ, ३ असार । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र चीनको Chengdu, Dujiangyan City मा रहनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले हिजो मिति २०७६ असार ०२ गते Western Theatre Commander Gen Zhao Zongqi सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । हिजो नै उहाँले Dujiangyan City स्थित विभिन्न पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभएको थियो ।

त्यस्तैगरी रक्षा मन्त्रालय, जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएअनुसार भ्रमणकै सिलसिलामा आज मिति २०७६ असार ०३ गते प्रधानसेनापति श्री थापा Chengdu बाट Beijing पुग्नु हुने र Beijing स्थित नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । औपचारिक भ्रमण समाप्त गरी उहाँ मिति २०७६ असार ०७ गते काठूमाण्डौ फर्कनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित