
काठमाडौं, ३ असार । युरोप भ्रमण, गुठी विधेयकलगायतका विषयमा सदनलाई जानकारी गराउनका लागि रोष्टममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभामा बोल्न पाएनन् ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बैठकमा उभिएर अवरोध गरे पनि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए ।
तर, कांग्रेस सांसदले रोष्टम घेराउ गरेपछि बोल्नै लागेका प्रधानमन्त्रीले सम्बोधन गर्ने मौका पाएनन् । सभामुख महराले बैठक स्थगन गरी भोलीका लागि सारेका छन् ।















प्रतिक्रिया