
हेटौँडा,२ असार । सरकारले ल्याएको गुठी विधेयक फिर्ता नगरे देशमा मुडभेडको खतारा उत्पन्न हुने राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बताएका छन् ।
आज हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकारले ल्याएको गुठी विधेयकले नेपाली सस्कृतिलाई प्रहार गर्न खोजेको बताए ।
प्राचिन कालबाटनै नेपालमा गुठीको परम्परा रहेको र यसले नेपाली सस्कृतिको जगेर्ना गर्न सहयोगीको भूमिका खेलेको भन्दै उनले गुठी विधेयकलाई फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरे ।
पछिल्लो समयमा सरकारले जानेर या नजानेर विभिन्न विवादित विधेयकहरु ल्याएको भन्दै उनले मिडिया काउन्सिल विधेयक, नागरिकता सम्वन्धी विधेयक, राष्ट्रिय सुरक्षा सम्वन्धी विधेयकले देशमा खतरा उत्पन्न गर्ने समेत उनको भनाई रहेको छ । लोकतान्त्रिक मुलुकमा मिडियालाई बन्देज गर्न खोज्नेगरि विधेयक ल्याउनु आश्चार्यको विषय भएको भन्दै उनले सरकारले यस्ता विवादमा आउने विधेयकलाई फिर्ता लिनुपर्ने बताए ।
नेपालमा सनातन हिन्दुराज्य आवश्यक भएको भन्दै उनले यसको लागि राप्रपा सधैभरी लागि पर्ने बताए । नेपाली जनभावनाको कदर गर्ने पार्टी राप्रपा भएको भन्दै उनले राप्रपा पनि भारतमा भाजपा उदायजस्तैगरि उदाउने दाबी गरे ।












प्रतिक्रिया