सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

स्वयंसेवक नेपालका पदाधिकारीद्वारा आत्मदाहको चेतावनी

दैनिक नेपाल २०७६ असार २ गते १५:५२

काठमाडौँ, २ असार । राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन् ।

राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिए । उनले भने, ‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौं ।’

राष्ट्रिय स्वायंमसेवक नेपालका अध्यक्ष श्रीराम घिमिरेका अनुसार नेपाल कृषिप्रधान देश रहेकाले देशमा भएका प्रत्येक किसानले सुखि र समृद्धिको अनुभूति हुने गरि नेपाल परिवर्तन गर्ने प्रतिवद्घता व्यक्त गरे । आफूहरुको कुनैपनि आन्दोलन हत्याहिसांमुक्त हुने पनि बताए ।

स्वंसेवकले जेठ ३२ गते भद्रकालीमा पाँच सय लिटर रगत सडकमा बगाएपछि सर्वत्र चर्चा भएको थियो । उक्त घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकार पक्राऊ गरेर हिरासतमा राखेको थियो ।

घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोध मात्र गरेको बताए । उनले भने, ‘अब योभन्दा कडा संघर्षमा जान्छौं ।’

भद्रकालीबाट नेपाल स्वयंम सेवकका १० जना अभियान्तालाई प्रहरीले पक्राऊ गरेको भन्दै केन्द्रीय अभियन्ता विमल खत्रीले आपत्ति जनाए । आफूहरुका बारे गलत हल्ला फैलाएर आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित