बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

श्रीमती हत्या गर्ने चन्द्रबहादुर पक्राउ

दैनिक नेपाल २०७६ असार २ गते ६:२०

महेन्द्रनगर, २ असार । श्रीमतीको हत्या गर्ने कञ्चनपुरका एक अभियुक्त नौ महिनापछि पक्राउ परेका छन् । गत ३० भदौमा श्रीमतीको हत्या गरी फरार रहेका भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी टुडिखेलका चन्द्र बहादुर पुन मगर ९ महिनापछि पक्राउ परेका हुन् ।

धारिलो हतियार प्रयोग गरी श्रीमती विमलादेवी पुनको हत्या गरी फरार रहेका पुनलाई आइतबार बिहान कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले पुनलाई ब्रम्हदेव क्षेत्रमा घुम्दै गरेको अवस्थामा पक्राउ गरिएको बताए । उनका अनुसार आदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने छ ।

प्रहरीले हत्यालगत्तै कर्तव्य ज्यानअर्न्तगत मुद्दा दर्ता गरेको थियो । अभियुक्त फेला नपरेपछि मुद्दा आदालत पेश भएको थिएन् । मदिरा सेवन गरेका पुनले श्रीमतीको हत्या गरेर राति नै भारततिर भागेका थिए । भारतमा लुक्दै बसेका उनलाई नेपाल आएसँगै पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित