बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

एनआइसी बैंकद्धारा सिद्धबाबा मन्दिरमा सरसफाई

दैनिक नेपाल २०७६ असार १ गते २१:२६

बुटवल, १ असार । एनआइसी एसिया बैंक प्रदेश ५ ले शनिबार प्रभातफेरी तथा सिद्धबाबा मन्दिरमा सरसफाई गरेको छ । सामाजिक उत्तारदायित्व अन्तर्गत बैंकले विहान बुटवल हस्पिटल लाईर्नदेखि सिद्धबाबा मन्दिरसम्म बैंकिङ साक्षरता प्रभातफेरी तथा सिद्धबाबा मन्दिर परिसरमा सरसफाई गरेको हो ।

१ सय २० जना बैंकका कर्मचारीहरु बैंकिङ साक्षरता लेखिएका प्लेकार्ड ब्यानर सहित वुटवल सिद्धबाबा मन्दिरमा पुगेका थिए । बैंकले सिद्धबाबा मन्दिर परिसर सरसफाई गर्दै मन्दिरलाई डस्टविन र कुर्ची समेत प्रदान गरेको छ । सो अवसरमा सिद्धबाबा मन्दिर व्यवस्थापन समितिलाई बैंकका प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्कीले १० थान कुर्ची र ५ थान डसविन मन्दिरका उपाध्यक्ष कृष्ण तिमिल्सेनालाई हस्तान्तरण गरे ।

बैंकका प्रदेश प्रमुख कार्कीले बैंकले मन्दिर क्षेत्रमा सरसफाई गरेर सामाजिक काममा सरिक भएको बताए । मन्दिरका उपाध्यक्ष तिमिल्सेनाले मन्दिर परिसर सरसफाई गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।

कार्यक्रममा सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मण पोखरेल, एनआईसि एसिया बैंक प उपप्रादेशिक कार्यालय बुटवलका प्रमुख राजन पोखरेले स्वागत तथा कार्यक्रम को बारेमा बताउनु भएको थियो .भने कार्यक्रम साहयक उपप्रमुख विनोद पोखरेलले संचालन गर्नुभएको थियो । एनआईसिको प्रदेश ५ मा ५१ वटा शाखा सञ्चालनमा छ ।

प्रतिक्रिया
सम्बन्धित