बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

विमानस्थलमा प्रधानमन्त्रीको १३ मिनेट ४२ सकेन्ड !

‘खुबै मौका पायौँ भन्ठानेको होला, कुनै चान्स आउनेवाला छैन’

दैनिक नेपाल २०७६ असार १ गते १६:३३


काठमाडौँ, १ असार । गएको जेठ २५ गते यूरोप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान स्वदेश फर्किए ।
ओली विदेशमा हुँदा यता लोकसेवा र गुी विधेयकले देश तातिरहेको थियो । आन्दोलनमा चलिरहेको छ । मन्त्री र नेकपाका नेताहरले प्रधानमन्त्री फर्किएपछि यी सबै विषयको समाधान हुने बताउने गरेका थिए ।

यीनै विषयमा प्रधानमन्त्री ओलीलाई ६ जना पत्रकारहरुले ८ वटा प्रश्न सोधे । जसको प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेन्डसम्म जवाफ दिए । पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तै :

अबको समय संवाद,सहकार्य र अग्रगमनको हो

मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तो, हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौँ । आइएलओका डाइरेक्टरले दिनु भएको भोजमा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइडलाईनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ । र, त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याएको छ ।

अर्को, एउटा कुरा केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन । अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जतिबेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्न थिएनन् । त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

अहिले दुईओटा कुरा नबुझेको हो । एउटा–जनता नै सार्वभौसत्ता सम्पन्न भइसकेको छ । तसर्थ जनताको इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ । त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमा काम गर्छ । अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुनपनि सक्छ ।

त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो । त्यो विरोध केही उछालिनेवाला पनि छैन । जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो । भड्काउन सकिनेवाला पनि छैन । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कहीँ देखियो भने त त्यो सरकारले सच्चाइहाल्छ ।

त्यसकारण जनताको इच्छा अनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो । जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर, त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पसाथ आएको सरकार हो । त्यसकारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनु पर्ने आवश्यकतै थिएन ।

गुठीका नाममा

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि, गरिबहरुमाथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कहीँकतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

अब केहीमा निसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउनेवाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यसकारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक लाजो झन् राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यसकारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिनँ ।

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनैपनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कहिँनेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।

त्यसकारण कहिँकतै केही नपुगेको देख्दा वा कहिँकतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा । अर्को हाम्रा जहाजहरु युरोपियन आकाशमा पनि उड्ने छन्, विश्वका जुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौँ । यसपल्ट पनि हामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण स्वभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन । १९४७ को त्रिपक्षीय सन्धी त्यो भारतबाट व्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

त्यसकारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन । आज हामी दुई पक्षीय सहमतिमा जान सक्छौँ । त्यसका लागि पुनरावलोकन गर्नु पर्छ । समग्र पुनरावलोकनको पक्षमा हामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन । मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरेँ र हाम्रो विचार हो यो । हाम्रो सोच हो भनेर भनेँ । तर, त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउदैन त्यो, स्वभाविक हो । अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवधिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

भ्रमण फलदायी रह्यो

भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौँ । हामीले हाम्रा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरु, आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

छानविन भइरहका कुरामा नबोलौं

वाईडबडी चाहिँ त्यसमा छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ । अब गैर जवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर, मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन । छानविन हुँदैछ–जो दोषी छ उम्किन पाउँदैन । दोषीमाथि कारवाही हुन्छ । वाइडबडी अहिलेसम्म उडेन । किनभने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ ।

लोकसेवा आयोगको विज्ञापन सम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ, धन्यवाद !

प्रतिक्रिया
सम्बन्धित