शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

भारतमा गर्मीका कारण ७१ जनाको मृत्यु

दैनिक नेपाल २०७६ असार १ गते ९:२५

नयाँदिल्ली, १ असार । भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४–४ लाख रुपियाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित