५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली चढेको केबलकारमा फ्रान्समा अड्कियो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, ३२ जेठ । प्रधानमन्त्री केपी ओली फ्रान्समा केबलकारमा अड्किएका छन् । पत्नी राधिका शाक्यसहितको टोलीसँग ओली केबलकारमा अड्किएका हुन् ।

फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री ओली झण्डै एक घण्टा केबलकारमा अड्किएको फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरेको छ ।

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न ओली पत्नीसहित केबलकारमा चढेका थिए । २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्किएको थियो ।

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ की मिस नेपाल श्रृंखला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरूपनि सँगै थिए ।

प्रधानमन्त्री ओलीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो । खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरूले दिएपछि प्रधानमन्त्री ओलीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो ।

प्रधानमन्त्रीको टोलीसँगै करीब ४० जना केबलकारमा अड्किएका थिए । केबलकारमा अड्किएपछि प्रधनामन्त्री ओलीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको जनाइएको छ ।

सामोनीका नगरप्रमुख एरिक फुर्नियले प्रधानान्त्रीको सम्मानमा स्वागत कार्यक्रम राखेका थिए ।

नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको उपलक्ष्यमा नेपालका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न पाउँदा गौरब महशुस गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले त्यहाँको हिम चिप्लेटी (स्की) र उच्च हिमाली क्षेत्रका गाईडहरूलाई प्रशिक्षण दिने केन्द्रको पनि अवलोकन गरेका छन् ।