१ कार्तिक २०८३, आइतबार

केन्याको संसदमा महिला सांसद कुट्ने पुरूष सांसद पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्या, ३१ जेठ । केन्यामा एक पुरुष सांसदले महिला सांसदमाथि थप्पड प्रहार गरेपछि पक्राउ परेका छन् । थप्पड प्रहार गर्ने सांसदको नाम राशिद कासिम हो भने थप्पड खाने महिला सांसदको नाम फातुमा गेडी हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, राशिदले आफ्ना सहयोगी महिला सांसदले आफ्नो संसदीय क्षेत्रमा धनराशि नछुट्याएको भन्दै थप्पड प्रहार गरेका हुन् ।

थप्पड खाएपछि महिला सांसद फातुमा गेडीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनी रोइरहेकी र मुखबाट रगत निक्लिएको पनि देख्न सकिन्छ ।

यो घटनापछि महिला संसादहरुले विरोध जनाउँदै बैठक छोडेर निस्किएका थिए, जहाँ पुरुष सांसदहरु उनको मजाक उडाइरहेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, राशिद कासिमले महिला सांसद फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड प्रहार गरेका थिए । थप्पड प्रहार गर्ने राशिदले महिला सांसदसँग आफ्नो संसदीय क्षेत्रमा बजेट किन नछुट्याएको भन्दै सोधिरहेका थिए ।

अभियुक्त सांसद राशिद कासिमले भने यो घटनामा कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनापछि केन्याको सामाजिक सञ्जालमा अभियुक्त राशिदमाथि कडा कारवाहीको माग उठिरहेको छ ।