सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ  

दैनिक नेपाल २०७६ जेठ ३० गते १३:०७


खलङगा, ३० जेठ । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।

सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । रासस  

प्रतिक्रिया
सम्बन्धित