बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

अज्ञात समूहद्वारा धनुषाधाम नगरपालिकामा विस्फोट

दैनिक नेपाल २०७६ जेठ ३० गते ११:०४

काठमाडाैँ, ३० जेठ । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।

धनुषाधाम बजारको धनुषा मन्दिरको नजिकै रहेको नगरपालिका कार्यालयमा बुधबार राति ९ बजे बम विस्फोट भएकाे प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको छ ।

नगरपालिका कार्यालय इलाका प्रहरी कार्यालय धनुषाको झण्डै ४० मिटर दूरीको अगाडिमा छ । विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित