१ कार्तिक २०८३, आइतबार

भारतको गुजरातबाट तीन लाख मासिन सुरक्षित ठाउँमा पठाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३० जेठ । भारतको गुजरातमा ‘चक्रवाती तूफान ‘वायु’ आउनुअघि जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान मौसमविदले गरेका छन् । भारतीय मौसम विभागले त्यहाँ भूक्षयको सम्भावना पनि रहने चेतावनी दिएको छ ।

अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।

सो क्षेत्रमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ। विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ।

भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज ९बिहीबार० नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।