सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

काठमाडौंको लाजिम्पाटमा दश महिनाको शिशुको शव भेटियो

दैनिक नेपाल २०७६ जेठ ३० गते ९:३५

काठमाडौं, ३० जेठ । काठमाडौंको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ ।

सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित