मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

बाँकेमा हावाहुरी र चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट

दैनिक नेपाल २०७६ जेठ ३० गते ७:२६

फाइल तस्बिर

बाँके, ३० जेठ । बाँके जिल्लाकाे डुडुवा गाउँपालिकामा बुधबार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो सुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताउनुभयो ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि बुधबार चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ ।

आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित